सृजना बारघरे, पुष २६- भेरिगङ्गा नगरपालिका वडा ७ को समन्वयमा नवज्योतिटोल हुदै भट्टेघारीखेतसम्म जाने कृषि सडक निर्माण कार्य सुरु भएको छ । सडक निर्मानमा करिब ५० भन्दा बढि स्थानियको सहभागिता रहेको छ ।

लामो समयदेखि सडक नहुदा कृषक उपभोक्ताहरुलाइ निकै सास्ती भएकोृ थियो । सडक निर्मान हुन लाग्दा स्थानीय बासिन्दाहरु निकै खुशी भएका छन । अब सडक निर्माण भएपछी स्थानीयको दुख्ख अलि कम हुन्छ भन्ने स्थानीयको भनाइ रहेको छ । धेरै बर्ष पहिला नबज्योती हुँदै भट्टेघारी जाने बाटो खुलाए पनि बिस्तारै बिस्तारै बाटो बिग्रेर काम नलाग्ने भएको थियो । अहिले स्थानीय सरकारको समन्वयमा पुन त्यस्लाइ सडक मा परिवर्तन गरिएको हो । सडक सम्पुर्ण कृषकको जग्गा छुने गरि लिएको र अव धान,गहु ल्याउदा आफुहरुलाइ सजिलो हुने स्थानीयको भनाइ रहेको छ ।

सडक निर्माणको लागि बजेट बिनियोजनमा सहयोग गर्नुहुने वडाध्यक्ष कर्णबहादुर मिजार, कार्यपालिका सद्स्य ओबिसरा बस्याल लगायत वडाका जनप्रतिनिधि र जग्गा ब्यबस्थापनमा सहयोग गर्नुहुने जग्गाधनीलाई स्थानिय बासिन्दाले आभार व्यक्त गरेका छन्