सुर्खेत, पुष १ -राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित अगैयामा हिमालयन बैंक लिमिटेडको विस्तारित काउण्टर खुलेको छ । राप्ती सोनारी वडा नं. ८ शमशेरगंजमा रहेको हिमालयन बैंकले शाखाको काउण्टर शुक्रबार अगैयामा खोलेको हो । हिमालयन बैंकका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्नेतको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले काउण्टरको उद्घाटन गर ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले हिमालय बैकको नँया काउण्टरले अगैयाबजार क्षेत्र र पालिकाका सेवाग्राहीलाई प्रत्यक्ष फाईदा पुग्ने बताए । उनले वडा नम्बर ६ र ७ का स्थानीयका लागि पनि हिमालयन बैंकले केही विकल्प खोज्नु पर्ने बताउँदै सो क्षेत्र पनि काउण्टर विस्तारका लागि अनुरोध गरे । लुम्बिनी प्रदेश प्रमुख बस्नेतले राप्ती सोनारी गाउँपालिकामा सहज रुपले सामाजिक सुरक्षा भत्ता वितरण गर्न र राजस्व संकलन गर्ने उद्देश्यले अगैयामा हिमालयन बैंकको काउण्टर खोलिएको बताइन् । वडा नम्बर ६ र ७ का स्थानीयका लागि पनि काउन्टर विस्तार गर्नका लागि पालिकाले सहयोग गरे आफूहरुले त्यसको पहल थाल्ने बस्नेतको भनाइ थियो । अब अगैंयाबजार काउण्टरले सामाजिक भत्ता र राजस्व मात्र नभएर सो क्षेत्रका जनताको लागि बचत र अन्य सुविधा पनि प्रदान गर्ने हिमालयन बैंक अगैया काउण्टरका कर्मचारी केशवराज खत्रीले जानकारी दिए ।


कार्यक्रममा बैकले अगैंयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ६५ जना विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री बैंकले वितरण गरेको हो । बैंकले १ सय टि–सट, ३ सय ५० थान कपी र ५०० पिस कलम वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत सो शैक्षिक सामग्री वितरण गरेको हो ।