सुर्खेत, मंसिर ५ – कर्णाली प्रदेशका सुर्खेत, सल्यान र दैलेख जिल्लाबाहेक अन्य सात जिल्लामा मतगणना सूरु भएको छैन् । हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याउने काम चलिरहेको प्रदेश निर्वाचन
कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

कर्णालीका विटक र पहाडी जिल्ला जाजरकोट, कालिकोट, जुम्ला, पश्चिम रुकुममा मतपेटिका ल्याउने काम चलिरहेको छ । जुम्लामा मतपेटिका संकलन भएपनि मतगणना सूरु नभएको चालिसेले बताए । हुम्ला, मुगु र डोल्पाका विटक मतदान केन्द्रबाट मटपेटिका मतदान केन्द्रमा ल्याउन आज विहानबाट सूरु भएको छ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २, दैलेखको निर्वाचन क्षेत्र नम्बर २ र सल्यानमा मतगणना जारी छ ।

कर्णाली जिल्लाको सुर्खेत क्षेत्र नम्बर १ बाहेक सबै निर्वाचन क्षेत्रमा आज बेलुकासम्म मतगणना सूरु हुने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।