सुर्खेत, मंसिर १ – मंसिर ४ गते हुन गैईरहेको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा उम्मेदवार रहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कर्णाली प्रदेशबाट पहिलो भावी प्रधानमन्त्रीका रुपमा लिएको छ । गठबन्धनका पाँच पार्टीभित्र मात्रै होईन् अन्य प्रतिस्पर्धी विपक्षका उम्मेदवार र दलहरुले कर्णाली प्रदेशको प्रधानमन्त्रीको उम्मेदवारको रुपमा लिने गरेका हुन् ।


अहिलेको गठबन्धन सरकारको संयोजक, कांग्रेस उपसभापति, कांग्रेसभित्र बरियता क्रममा देउवापछि दोस्रो नेता र कर्णालीबाट हाई प्रोफाईल बनाउने पहिलो नेता भएकोले खड्कालाई निर्वाचित भए भावी प्रधानमन्त्रीका रुपमा व्याख्या गर्न थालिएको हो । मंसिर २९ गते सुर्खेतमा आयोजित विशाल चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्णबहादुर खड्का मंसिर ४ पछि बन्ने गठबन्धन सरकारको नेतृत्व गर्न सक्ने र उच्च मन्त्री पदका लागि सक्षम,योग्य रहेको भनाईले समेत यसको पुष्टि गर्छ । कर्णाली प्रदेश र उनको निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा गठबन्धन दलका विभिन्न उम्मेदवार र पार्टीहरुले भावी प्रधानमन्त्रीका रुपमा सार्वजनिक मन्त्वय राख्ने गरेका छन् ।

कांग्रेस सभापति देउवाका विश्वासपात्र र नजिकका सहकर्मी भएकोले समेत खड्का कर्णाली प्रदेशबाट पहिलो प्रधानमन्त्रीका रुपमा लिने गरिएको, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सचिव पदम केसीले बताए । विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचपटक सांसदमा विजयी बने भने एकपटक पराजित भए । २०४८, २०५१, २०५६ मा उनी प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए । पूर्ण जी काग्रेसको शीर्ष नेतामात्र होईन भावी प्रधानमन्त्रीका रुपमा हेर्न सकिने एकिकृत सामाजवादीका सहईन्चार्ज जेवि सुनार बताउँछन् ।


खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन् । कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् । पार्टीभित्र कांग्रेसकै एक बलिया खम्बा मानिन्छन् ।