भेरीगंगामा पूर्व वडाअध्यक्षसहित दुई सयबढी कांग्रेसमा प्रवेश

भेरीगंगा, कार्तिक २६- नेपाली कांग्रेसका उपसभापति तथा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा उम्मेदवार पुर्णबहादुर खड्काले भेरीगंगाबाट नेकपा एमालेका पूर्ववडाअध्यक्ष, नगरकमिटिसहित दुई सय बढी मतदातालाई पार्टी प्रवेश गराएका छन् । चुनावी प्रचारप्रसार, घरदैलो, भेटघाट कार्यक्रममा खड्काले दुई दिनको अवधिमा दुई सय बढीलाई पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेस उपसभापति र प्रतिनिधीसभा उम्मेदवार खड्काले नेकपा एमाले भेरीगंगा नगर कमिटि सदस्य खुमबहादुर खड्का, एमालेबाट भेरीगंगा वडा नम्बर ९ का पुर्ववडाअध्यक्ष लक्षुमण रानासहित दुई सय बढीलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी सदस्यता वितरणसहित भेरीगंगा नगरपालिका वडा नम्बर ८,९, ११, ४ र ५ वडाबाट उनीहरुलाई पार्टी प्रवेश गराएको हो । आईतबारमात्रै भेरीगंगा ९ बाट पुर्ववडाअध्यक्षसहित १९ जनाले पार्टी प्रवेश गरे । वडा नं ९ मा नेकपा एमालेका खम्बा मानिएका देउभान सार्कीलगायत १९ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । वडा नम्बर ८ बाट खड्काले राप्रपा र नेकपा एमाले परित्याग गरेका ६५ जनालाई स्वागत गरेका छन् । शनिबार भेरीगंगा ११ भिमपुरबाट २१ जनाले कांग्रेस पार्टीमा प्रवेश गरेका थिए । यसै दिनमा भेरीगंगा वडा नम्बर ४ हर्रेबाट नेकपा एमाले भेरीगंगा नगर कमिटि सदस्य खुमबहादुर खड्काहित आधा दर्जन पार्टी प्रवेश गरे ।
शनिबार नै भेरीगंगा ५ बबईबाट एक दर्जनलाई उम्मेदवार तथा कांग्रेस उपसभापति खड्काले कांग्रेसमा पार्टी प्रवेश गरे । पार्टी प्रवेश तथा नँया मतदाताई स्वागत गर्दै उपसभापति तथा उम्मेदवार खड्काले आफुले २०५१ सालपछि अहिले आफ्नो निर्वाचन क्षेत्र पार्टीमय भएको बताए ।