सुर्खेत, कार्तिक १८- पञ्चपुरी नगरपालिकाको बाबियाचौरबाट चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् ।

बिहीबार साँझ पश्चिम सुर्खेतको बाबियाचौरको नौलो होटलबाट जाजरकोट बारेकोट गाउँपालिका ३ रोकाय गाउँका ५२ बर्षिय कर्ण बहादुर रोकाय पक्राउ परेका हुन् । उनको साथबाट ६ दशमलव ६ फिट लम्बाइ भएको बन्यजन्तु चितुवाको छाला सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।

पक्राउ परेका रोकायलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।