सुर्खेत,कार्तिक १५-मंसिर ४ गते हुन गैईरहेको प्रतिनिधी सभा र प्रदेश सभा चुनावको तयारीसंगै मत माग्न उम्मेदवारलाई प्रचार प्रसार आक्रमक बनाएका छन् । विभिन्न दलका उम्मेदवारहरुले तिहार सकिएलगत्तै प्रचार प्रसार तीव्र बनाएका हुन् । उम्मेदवारहरुले घरदैलो, भेटघाट, कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश र प्रचार प्रसार तीव्र बनाएका हुन् ।


प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि दुई हप्ता मात्र समय बाँकी रहँदा चुनाव प्रचार प्रसारको अभियानले तिब्रता पाएको छ । निर्वाचन आयोगबाट चुनाव चिह्न प्राप्त गरेपछि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेतले मतदातालाई आफ्नो पकडमा पार्न प्रचारप्रसारका सामग्रीसहित आमसभाका अतिरिक्त उम्मेदवारबाट घरदैलो कार्यक्रम शुरु गरेका छन् । सामाजिक सञ्जालका भित्ताहरुमा समेत चुनाव प्रचारका सामाग्री, उमेदवारको फोटाहरुले भरिएका छन् । आफ्ना पक्षका उम्मेदवारलाई जिताउन आह्वान गर्दै मत मागिएका छन् । सुर्खेत क्षेत्र नम्बर १ ख प्रदेशसभा उम्मेदवार डण्डीप्रसाद शर्माले कार्यकर्ता शुभेच्छुकसहित घरदैलो, भेटघाट र भेला सभा सम्बोधन कार्यक्रम चलिरहेको बताए । चुनाव केन्द्रित पार्टीका नेता, कार्यकर्ता र उम्मेदवारहरु अहिले निर्वाचनको प्रचारप्रसारका लागि लागेका छन् । नेपाली कांग्रेस भेरीगंगा नगरसभापति रामबहादुर सिँहले आफ्ना उम्मेदवारलाई जिताउन पार्टीका नेता, कार्यकर्ताहरु दिनरात खटिएको बताए । उम्मेदवारका भिजिटिङ्ग कार्ड, मतपत्र, पोष्टर, पम्पलेट, घोषणापत्र र विकासे एजेण्डा लिएर घरदैलो भैईरहेको उनले भने । उम्मेदवारले पार्टी प्रवेश कार्यक्रमलाई समेत अगाडी बढाएका छन् ।


उम्मेदवारहरुले पप््रचार प्रसारमा पार्टीको झन्डा र उम्मेदवारको तस्बिर अङ्कित चुनावी पोस्टर सवारी साधनमा टाँगेर दलबलसहित बिहानदेखि नै प्रचारमा जुटेको देखिएको छ । निर्वाचनको महाअभियानको माहोल बनाउँदै मतदातालाई आफ्नो पक्षमा ल्याउने दौडधुप र चटारोमा उम्मेदवारको दिनचर्या बितेको छ ।