सृजना बारघरे, कार्तिक ७- सुर्खेतका कृषकलाई यतिबेला तिहारको किनमेन, तयारी र रमझमभन्दा खेतबारीमा पाकेको धानबाली भित्र्याउन चटारो भएको छ । दशैसम्म धान भित्र्याउने सुर्खेतका कृषकहरु दशैभर पानी परेपछि अहिलेसम्म धान काट्न र भित्र्याउन व्यस्त भएका हुन् ।


तिहार सूरु भएपनि सुर्खेत जिल्लामा धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । भेरीगंगा ७ का कृषक नगरपालिका ८ का कृषक खिमेश बिकले बर्षातका कारण दशैसम्म धान भित्र्याउन नपाउँदा तिहारमा चटारो सूरु भएको बताए । आफ्नो क्षेत्रका सयौ कृषकहरु यतिबेला धान कटान, थ्रेसरबाट धान निकाल्न र परालहरु व्यवस्थापनमा लागेको उनले भने । जिल्लामा सबैै कृषकहरु पाकेको धान भित्र्यान व्यस्त छन् । दिनभर प्राय कृषकहरु खेतबारीमा भेटिने गरेका हुन् । खेतबाट भित्र्याएको धान सुकाउन, बिसुन लगाउन र परालहरु राख्न दिनभर बेफुर्दिलो हुने गरेको सिम्ता ४ का कृषक दिपक सुनारले भने ।


धान भित्र्याएपति कतिपयक कृषकहरु जोतखन, तोरी, तरकारी लगाउनमा समेत जुटेका छन् । मौसम अहिले पनि सफा नरहेकोले कृषकहरु तिहारको चाडपर्वभन्दा पनि पाकेको धान भित्र्याउनमा चिन्तित छन् ।