दिपक बराल, भदौ २५ – भेरीगंगा नगरपालिका वडा न. ९ शान्तिपुरमा शन्तनिरंकारी भवनको उट्घाटन गरिएको छ । शन्तनिरंकारी भवन निर्माणमा शान्तिपुरमा आबद्घ निरंकारी परिवार र स्थानीय भेरीगंगा नगरपालिकाले आर्थिक सहयोगमा निर्माण भएको हो ।


न्तनिरंकारी भवनको भेरीगंगा नगरपालिका नगर प्रमुख यज्ञप्रसाद ढकाल र नगर उपप्रमुख धनसरा बोहोराको उपस्थितीमा उट्घाटनभएको हो । शन्तनिरंकारी भवन शान्तिपुरमा आबद्घ सम्पुर्ण निरंकारी परिवारले जनप्रतिनिधीहरुलाई खादा तथा फुलमालाले स्वागत गर्दै उट्घाटन गरिएको शन्तनिंकारी भवन शान्तिपुरका सतसंग मुखिया हिरालाल बस्यालले जानकारी दिनुभयो । उट्घाटन कार्यक्रममा नगर प्रमुख ढकालले निरंकारी मिसन परिवारको सु.ख र शान्तिको कामाना गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा निर्माणाधीन शन्तनिरंकारी भवनको आवश्यक निर्मान कार्यमा सक्दो पहल गर्ने बताउनुभएको छ । शन्तनिरंकारी मिसनमा महिला दिदिबहिनीहरु धेरै संख्यामा आबद्घ भएको उल्खेख गर्दै साप्ताहिक रुपमा प्रत्येक हप्ताको सनिबार संचालन हुने निरंकारी मिसनको सतसंगले महिलाहरुलाई शिक्षित बनाउनमा सहयोग गर्ने विश्वाश लिईएको नगर उपप्रमुख धनसरा बोहोराले भन्नुभयो ।


शन्तनिरंकारी भवन उट्घाटन कार्यक्रममा वडा न. ९ वडा अध्यक्ष प्रेमबहादुर आग्री , वडा सदस्य ईश्वर प्रोखरेल, धनबहादुर विक, खिम बहादुर बराईली, दलित महिला सदस्य लक्ष्मी विक लगायत शन्तनिरंकारी मिसनमा आबद्घ सन्त भक्तजनहरुको सहभागी रहेको थियो ।