बालकुमारी खड्का, भदौ ८ -नेपाल राष्ट्रिय मगर संघ भेरीगंगाको बुधबार सम्पन्न दोस्रो अधिवेशनले १७ सदस्यीय नगर कार्यसमिति निर्वाचित गरेको छ । पाँच बर्षीय कार्यकालका लागि गणेश पुनको अध्यक्षतामा नँया नगर कार्यसमिति चयन भएको हो ।


अधिवेशनले ७ जना जिल्ला प्रतिनिधी समेत चयन गरेको छ । नगर समिति सर्वसम्मत गठन भयो हो । नगर समितिको उपाध्यामा शिवराज थापा, सचिव खगिसरा पुन, कोषाध्यक्ष मानकुमारी घर्ती, सहसचिव भक्तबहादुर राना नर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा भुमिसरा राना, दुर्गाबहादुर मगर, अनिता घर्ती, रमेश बुढामगर, भिमकली बुढामगर, नरेन्द्र पुनमगर, विरबहादुर मस्यांगी, गोमा घर्ती लगायत रहनु भएको छ । जिल्ला प्रतिनिधीमा निर्वाचित हुनेमा चन्द्रबहादुर घर्ती, पदमदेव पुन, लिला थापा, दिनेश पुन, भुमिसरा पुर्लामी, प्रेम पुन, देवबहादुर बुढामगर रहनुभएको छ ।


कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेस प्रदेश सदस्य मानबहादुर बुढा, अतिथिहरुमा कांग्रेस क्षेत्र नम्बर १ सभापति झकबहादुर डाङ्गी, जिला सदस्य खगेन्द्र नगाल, क्षेत्रीय सचिव पदम केसी, नगर सभापित रामबहादुर सिँह लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सभापति चन्दबहादुर घर्ती रहनु भएको थियोे ।