भेरीगंगा, भदौ ७- सुर्खेतको भेरिगंगा नगरपालिका स्थित जहरेबजारमा केही दिनदेखि बेवारिसे देखिएका एक वृद्धको मृत्यु भएको छ । केही दिनदेखि सडकपेटिमा दिन विताउँदै आएका वृद्धको भेरीगंगा ९ जहरे बजारमा बिहान मृत्त फेला परेका हुन् ।


विहान ९ बजे तिर उनलाई बजारमा स्थानीयले मृत अवस्थामा फेला परेका थिए । मधेशी मुलका देखिने अन्दाजी ६०÷६५ बर्षको पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता सुरज कार्कीले जानकारी दिनु भयो । शवलाई प्रहरीले स्थानीयबासी र जनप्रतिनिधीको रोबरमा पोष्टमार्टमका लागि मेहेलकुना अस्पतालमा पठाएको कार्कीले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार उक्त शबको हालसम्म पहिचान हुन सकेको छैन् । प्रहरीले आफन्तहरु नेपालमै भए सम्पर्क आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै शवलाई अस्पतालमा राखेको छ । मृतकका आफन्त सम्पर्कमा नआए सरकारी प्रत्रिया अनुसार दाहसस्कार गरिने भएको छ ।