गुर्भाकोट, भदौ १- गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुनास्थित एक रेस्टुरेन्टमा आगलागी भएको छ । बुधबार बिहान करिब साँढे पाँच बजेको समयमा नास्ता बनाउने क्रममा ग्याँस चुहावट भएर आगलागी भएको मेहेलकुना प्रहरी चौकीले जानकारी दिएको छ ।


मेहेलकुना बजारमा राष्ट्रिय बाणिज्य बैंक आगाडी रहेको सुरेश खत्री नास्ता पसलमा आगलागी भएको हो । बिहान साँढे पाँच बजे तिर रेष्टुरेन्टमा लागेको आगो प्रहरी, स्थानीयवासी र गुर्भाकोट नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ । करिव एक घण्टापछि आगलागी नियन्त्रणमा लिएका थियो ।


उक्त आगलागीबाट काउन्टर, र्याक, टेबुललगाएत फर्निचर तथा भान्साका सामाग्रीमा सामान्य क्षति भएको प्रहरी जानकारी दिएको छ ।