गुर्भाकोट, साउन ३० -स्थापना दिवसको उपलक्ष्यमा साझाघर नेपालमा सहयोगमा सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र मेहेलकुनाले बार्षिक उत्सव बनाएको छ । सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–०६, सुर्खेत सेवा केन्द्र मेहेलकुनाले २२ औ बार्षिक उत्सव सोमबार मनाएको हो ।


२१ औ बसन्त पार गरि २२ औ बर्षमा प्रवेश गरेको शुभ अवसरमा कार्यक्रम भएको हो । बार्षिक उत्सवमा संस्थाका संरक्षक, सल्लाहकार, संचालक समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू, लेखा समितिका संयोजक, सदस्यहरू, परियोजना निरिक्षण उप–समितिका संयोजक एवम् सदस्यहरू, शिक्षा उप–समितिका सदस्यहरू, कर्जा उपसमितिका सदस्यहरू, महिला परिचालन उप–समितिका सदस्यहरू, शेयर सदस्यहरू, संस्थाका कर्मचारीहरू लगायतको सहभागीता रहेको सहकारीका सचिव मिलन श्रेष्ठले जानकारी दिनुभयो ।