दिलिप ढकाल, साउन १३- यहि बैसाख ३० गते स्थानीय तहको निर्बाचनबाट वडा गाउपालिका तथा नगरपालिकामा जनप्रतिनिधिहरु निर्बाचित भएर आएका छन् । आफ्नो वडा मा भएका समस्याहरुलाइ दिर्घकालिन रुपमा समाधान गर्लान भन्ने आशाले जनाताले जनप्रतिनिधिहरु जिताएर पठाए र निर्बाचित भएकाहरुले जनता माझ गएर गरेका बाचा प्रतिबद्दता अनुसार काम गर्न सुरु गरेका छन् । तथापि जनताहरुले आफ्नो समस्या तथा गुनासोहरु राख्ने अथवा पोस्ट गर्ने माध्यम हिजो आज सामाजिक संजाल बनेको छ ।


स्थानीय तहको निर्बाचनमा निर्बाचित जनप्रतिनिधिहरु सामाजिक संजालबाट टाढा छन् भन्दा अचम्म लाग्न सक्छ तर पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्षले आफु सामाजिक संजालबाट टाढा रहेको जानकारी दिएका छन् । सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण गरेको भए सहज हुने थियो बैक आउदा जादा वृद्धबृदालाई सास्ती भयो भन्ने सामाजिक संजालमा गुनासो छ त अध्यक्ष ज्यु भन्ने प्रश्नमा वडा नम्बर ८ का वडाअध्यक्ष पुसे कामीले आफु अहिले पनि सामाजिक संजाल भन्दा टाढा रहेको र जनताले आफ्ना समस्याहरु आफु लाई भन्नु भन्दा पहिला सामाजिक संजालमा पोस्ट गर्नी भएकाले आफु जनताको समस्या बुझ्नबाट पछि परेको बताउनु भयो । तपाई किन सामाजिक संजाल बाट टाढा हुनुहुन्छ ? भन्ने प्रश्नमा आफुले सामाजिक संजाल चलाउन नजानेकाले नचलाएको बताउनु भयो ।


भेरीगंगा वडा नम्बर ८ का जनताले सामाजिक संजालबाट वडाअध्यक्ष जोडिनुपर्ने आवाज उठाउँदै आएका छन् । सामाजिक संजाल पछिल्ला समयमा सबै सरकारी निकाय र जनप्रतिनिधिीका लागि अनिवार्य जस्तै बनेको छ ।