दिलिप ढकाल, साउन १३- दुई बर्षदेखि क्यान्सर रोगसँग लडिरहेका सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ४ बाउनचौरका २८ बर्षिय क्यान्सर पीडित प्रेम परियार आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेकाले समाचार सामाजिक संजाल फेसबुक तथा अन्लाइन मा प्रकासित भएका थिए । क्यान्सर पीडित प्रेम परियारलाई उपचारको लागि आर्थिक सहयोग गर्न सीडीसी नेपालले पनि आर्थिक सहयोग गर्न अपिल गरेको थियो । यस्तै संजालहरुमा सहयोगको अनुरोध सहित पोस्ट हुन थालेपछि विभिन्न क्षे बाट सहयोग प्राप्त हुन थालेको छ ।


यसैबीच लायन्स क्लब अफ सुर्खेत छिन्चुले क्यान्सर पीडित प्रेम परियारलाई आर्थिक सहयोग गरेको छ । आज पिडितको घरमै पुगेर लायन्स क्लब अफ सुर्खेत छिन्चु कि अध्यक्ष बिद्या खत्री सहितको टिमले सहयोग रकम हस्तान्तरण गरेको हो । लायन्स क्लब अफ सुर्खेत छिन्चुकि अध्यक्ष बिद्या खत्रीले क्यान्सर पिडित प्रेम परियारको बुवालाइ सहयोग स्वरूप नगर १८ हजार पच्चीस रुपैया पीडित प्रेम परियारका बुवालाई हस्तान्तरण गर्नु भएको रिजन चियर प्रशन लायन पवित्रा खड्काले जानकारी दिनुभयो ।


सानो आर्थिक सहयोगले कसैको जिबन बचाउन महत्वपुर्ण भुमुका खेल्नि भएकाले लायन्स क्लब अफ सुर्खेत छिन्चुद्वारा सहायोग रकम हस्तान्तरण गरिएको र सहयोगी मनहरुलाई सहयोग गरि क्यान्सर पीडित प्रेम परियारको जिबन रक्ष्या गर्न समेत उहाले सबैलाई अनुरोध गर्नु भएको छ ।