दिलिप ढकाल, असार १६- भेरीगंगा नगरपालिका मैनतडा आयुर्बेद औषधालयको आयोजनामा एक दिने जेष्ठ नागरिक स्वास्थ्य प्रर्वधन सेवा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ७० वर्ष भन्दा माथिका ५१ जना जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण गरिएको छ ।


ब्लड प्रेसर,सुगर,तौल तथा उचाई नापेर बि. एम.आई गरिएको र स्वास्थ्य वर्धक तथा शक्ति वर्धक आयुर्बेद रसायन औसधि वितरण गरिएको मैनतडा आयुर्बेद औसधालयका कविराज निरीक्षक छविलाल खड्काले जानकारी दिनु भयो । भेरिगंगा नगरपालिका कि नगर उपप्रमुख धनसरा बोहराको प्रमुख आतिथ्यता तथा वडा नम्बर ७ का वडा सदस्य शेरबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै वडा सदस्य मनकली खड्का, नेपाल रास्ट्रीय आधारभूत बिद्यालयका प्रधानाध्यापक निमराज कार्की, वडा सचिब धनबहादुर सुनार, आधारभूत स्वास्थ्य केन्द्रका अहेब गणेश बहादुर डाँगी लगाएतको उपस्थिति रहेको थियो । मैनतडा आयुर्बेद औषधालयका प्रमुख कविराज निरीक्षक छविलाल खड्का र बैद्य यमुना बुढाथोकी लगाएतले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । त्यस्तै अभ्यङ्गकर्ता दिपा चौधरीले औसधि वितरण गर्नु भएको थियो ।


नितान्त सेवा मुलक जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रम मैनतडा आयुर्वेद औषधालय वाट निरन्तर सेवाको रुपमा संचालित छ । ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुले औषधालय आयर सेवा लिन सक्नुहुन्छ । स्थानिय स्तरका जनता हरु लाई स्थानिय स्तर÷घर दैलोमै सेवा दिने लक्ष्यका साथ् उक्त कार्यक्रम संचालन भएको थियो । यस चालू आर्थिक बर्ष २०७८–७९ मा हालसम्म २०६ जना जेष्ठ नागरिक हरुलाई स्वास्थ्य प्रवर्द्धन सेवा दिईएको छ । त्यस्तै स्तनपाई आमाहरुको लागी मातृशिशु सुरक्षार्थ दुग्दवर्धक तथा पौष्टिक आयुर्वेद औषधि वितरण,पुर्वकर्म÷पन्चकर्म लगायतका सेवाहरु निरन्तर प्रवाह भैरहेका छन भने जडिबुटी प्रशोधन गरि एकल चुर्ण औषधि निर्माण कार्य समेत सुरु गर्ने तयारी छ ।