गुर्भाकोट, असार १- नेपाली कांग्रेस क्षेत्र नं १ सुर्खेतको आयोजनामा स्थानीय तह निर्वाचनको समीक्षा बैठक तथा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । बुधबार आज गुर्भाकोटको मेहेलकुनामा चुनावी समीक्षा र नँया जनप्रतितिनिधीलाई सम्मान र बधाई दिएको हो ।


नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पुर्णबहादुर खड्काको प्रमुख आथित्यतामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई, सम्मान तथा प्रशिक्षण कार्यक्रमको भएको हो । दुई दिनसम्म संचालन हुने कार्यक्रम अन्तर्गत पहिलो दिन नँया जनप्रतिनिधीलाई सम्मान र बधाई कार्यक्रम गरिएको छ । भोलि दोस्रो दिन चुनावी समीक्षा कार्यक्रम हुने भएको छ । आजको पहिलो दिनको कार्यक्रममा विभिन्न पार्टि परित्याग गर्दै ५५ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका आयोजकले बताएको छ । नेपाली काँग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र न १ का सभापति झकबहादुर डाङ्गीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा कांग्रेसका कर्णाली प्रदेश सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य, क्षेत्रिय कार्य समिति, प्रदेश क र ख कार्य समिति, महाधिवेशन, महासमिति, पालिका प्रमुख र उपप्रमुख, गाउँपालिका र नगरपालिका पदाधिकारी, वडासभापति, वडाअध्यक्ष र सदस्यका उम्मेदवार र भातृ तथा शुभेछुक संस्थाका प्रमुखहरुको सहभागीता रहेको छ ।


कार्यक्रममा स्थानीय निर्वाचन २०७९ मा निर्बाचित जनप्रतिनिधि,पार्टी तर्फबाट निर्बाचित तथा पराजित उम्मेदवार ज्युहरुलाई बधाई ,समिक्षा र प्रशिक्षण गरिएको छ । कार्यक्रम भोलि सम्पन्न हुनेछ ।