दिलिप ढकाल, भेरीगंगा जेठ २५ – एक पालिकामा एक नमुना विद्यालय बनाउने नेपाल सरकारको निर्णय अनुसार भेरिगंगा नगरपालिका वडा नम्बर ६ स्थित जनज्योति माबि झिगनीमा १२ कोठे भवनको शिलान्यास गरिएको छ । आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा एक पालिकामा एक नमुना बिधालय निर्माण गर्ने नीति अनुसार भेरीगंगा नगरपालिकामा जनज्योति माबि झिङ्गनी छनोटमा परेको थियो ।


भेरिगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले एक कार्यक्रमका बीच १२ कोठे पक्कि भबनको शिलान्यास गर्नु भएको हो । सिलान्यास कार्यक्रममा बिद्यालयका शिक्षक मानबहादुर बस्यालले स्वागत मन्तब्य राख्नु भएको थियो त्यस्तै कार्यक्रमको सभापतित्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भुपेन्द्रकुमार रोकायले गर्नु भएको थियो । कार्यक्रम बिद्यालयका शिक्षक दयाराम आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो । बिद्यालय भवनको शिलन्यास समारोहको प्रमुख अतिथिको रुपमा भेरीगंगा नगर पालिका प्रमुख यज्ञप्रसाद ढकाल, बिशेष अतिथि नगर उपप्रमुख धनसरा बोहोरा, भेरीगंगा नगर पालिका शिक्षा शाखा प्रमुख गजेन्द्र जिसी, वडानम्बर ६ का वडाअध्यक्ष लालसिंह बिसी, वडा नम्बर ८ का वडाअध्यक्ष पुशे कामी लगाएत राजनीतिक दलका प्रतिनिधि, समाजसेबी तथा शिक्षाप्रेमीको सहभागिता रहेको जनज्योति माबि झिङ्गनीका प्रधानाध्यापक मानबहादुर वलीले जानकारी दिनु भयो ।


त्यस्तै प्रधानाध्यापक मानबहादुर वलीले नमुना विद्यालयको बिकाश र हालसम्म बिद्यालयमा भएको प्रगतिको जानकारी गराउनु भएको थियो । १२ कोठे भवनको लागत डेढ करोड रहेको छ ।