भेरीगंगा, जेठ २५ -अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गुर्भाकोटका भैसी बीमा कृषकलाई बीमा रकम हस्तान्तरण गरेको छ । ईन्स्योरेन्स कम्पनीले भैसी बिमा वापतको ९० हजार रकम पशुपालक कृषकलाई हस्तान्तरण गरेको हो ।


गुर्भाकोट २ का कृषक बुद्धि वलीलाई बीमा गरिएको भैंसी ब्याउन नसकी मृत्यु वापत ९० हजार रकम घरमै गएर हस्तान्तरा गरिएको थियो । भैसीको मृत्यु दाबी रकम ९० हजार आज एक कार्यक्रमका बिच बिमा कम्पनीका प्रादेशिक प्रमुख योगेन्द्र कार्की, पशु स्बास्थ्य अधिकृत भोजप्रसाद चपाई, गुर्भाकोट वार्ड नं २ का वडा सचिब गणेश डिसिको सहभागीता रहेको थियो । भैसी बीमा गराएका कृषक वलीको घरमै पुगेर बिमित रहक हस्तान्तरण भएको हो ।


पशुपालक कृषक बुद्धि वलीको घर रहेको गुर्भाकोट २ दर्खासेमा उक्त रकमको चेक बितरण गरिएको थियो । ९० हजार रकमले भैसीको वास्तविक मूल्य बराबरको क्षतीपुर्ती कृषकले पाएका छन् ।