भेरीगंगा, जेठ १५- भेरीगंगा नगर कार्यपालिका सदस्यका लागि आज भएको मतदानमा ८ वट पदमा कांग्रेसका ६ जना र माओवादीका २ जना सदस्य निर्वाचित भएका छन् । आज आईतबार दिउँसो निर्वाचन कार्यालय भेरीगंगा नगरपालिकामा भएको मतदानमा निर्वाचित महिला सदस्यहरुबाट ५ जना र खुल्ला दलित तथा अल्पसंख्यबाट ३ जना गठबन्धन कांग्रेस, माओवादीको टिम नै विजय भएका हुन् ।

सम्पन्न भेरीगंगा नगर कार्य पालिकाको निर्बाचनबाट नेपाली कांग्रेसबाट जनप्रतिनिधि महिला तर्फबाट पबित्रा घर्ती वडा नम्बर २, गौमाया खत्री वडा नम्बर ६ ,ओबिसरा बस्याल वडा नम्बर ७, अमृता बिष्ट बिसी वडा नम्बर ८, खगीसरा पुनमगर वडा नम्बर १० बाट निर्वाचित भएका छन् । यस्तै खुल्लातर्फ नेपाली कांग्रेसबाट शेरबहादुर कामी वडा नम्बर ११, माओवादी केन्द्रबाट सहबिर महर वडा नम्बर ९ र मानसिङ्ग परियार वडा नम्बर ३ बाट रहेका छन् । नगरका मेयर, उपमेयरसहित १३ वडाअध्यक्ष, सदस्यहरु गरि ६७ जना जनप्रतिनिधीले मतदान गरेका थिए ।

मतदानबाट नेकपा एमालेका उम्मेदवारहरुले २१ मत र गठबन्धनबाट उम्मेदवारले ४६ मत ल्याएर विजय भएका हुन् । निर्वाचनमा १ मत बदर भएको थियो । भेरीगंगा नगरकार्यपालिकामा कांग्रेस र माओवादी गठबन्धनको दुई तिहाई बहुमत रहेको छ । निर्वाचित कार्यपालिका सदस्यहरुको बेलुका ५ बजे शपथ ग्रहण गराएको छ ।