हुमबहादुर कार्की, जेठ १२- सुर्खेतको गुर्भाकोट नगरपालिका वडा न. २ का ननिर्बाचित वडाअध्यक्ष नोख बहादुर वलिले महत्वपुर्ण निर्णय गर्दै पदभार गर्हण गर्नु भएको छ । पदभार ग्रहण गर्दै वलीले केही महत्त्वपुर्ण प्रतिबद्धता र निर्णय समेत गर्नु भएको छ ।


वलीले आ.ब. २०७९ देखि २०८४ सालसम्म लागू हुने गरि वडा भित्र रहेका अधुरा बिकास पुर्बाधारका कामहरु जस्तै खानेपानी,सडक,बिद्धुत,सिचाइ र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने बताउनुभयो । यसै गरि अति बिपन्न परिवार का बालबालिकाहरुलाई बिधालय पठनपाठन मा सहयोग गर्ने र गुर्भाकोट २ का बिपन्न परिवारहरुमध्ये स्वास्थ्य चौकी मालारानीमा ल्याब टेष्टमा सहयोग गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गर्नु भएको छ । यसैगरि वडासदस्यहरु राधा ढकाल, कल्पना वली, तिला टमटा, नरसिंह वलीलगायत नबनिर्बाचित सदस्यहरुलाई पदभार गर्दै पुर्बजनप्रतिनिधिहरुलाई वडा कार्यलयले बिदाइ कार्य समेत भएको वडासचिब गणेश डिसिले बताउनु भएको छ ।
यता एक कार्याक्रमका बिच गुर्भाकोट नगरपालिका वडा न.९ मा बिदाइ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

नबनिर्बाचित वडाअध्यक्ष ज्ञानबहादुर खत्री, वडासदस्यहरु लोक बहादुर डांगी, अमृता बि क, डम्मर बहादुर घर्ती र खगीसरा घर्तीले पदभार गर्हन गर्नु भएको छ । निबर्तमान वडाअध्यक्ष शसीराम भटराई, वडासदस्यहरु टिकबहादुर खत्री, नन्दलाल घर्ती , डम्मर कुमारी घर्ती र रुपा बिकलाई बिदाइ गरिएको छ । उक्त कार्यक्रममा बोल्दै नबनिर्बाचित वडाअध्यक्ष ज्ञानबहादुर खत्रीले निवतर्मान जनप्रनिधिले महत्वपुर्ण निर्णयहरु गर्नु भएको भन्दै वडा भित्रका महिला सुत्केरी हुँदा वडाभन्दा बाहिर रिफर गर्नु पर्यो भने निशुल्क सेवा सुबिधा उपलब्ध गराउने, अधुरा बिकाश पुर्बाधारका कामहरुलाइ प्राथमिकता दिने लगायत निर्णय गरेका छन् ।