सुर्खेत, जेठ १०- सुर्खेत क्षेत्र नम्बर १ का नेता तथा नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काको पहलमा भेरीगंगामा ५० शैयाको आधुनिक सरुवा रोग अस्पताल निर्माण प्रक्रिया थालिएको छ । कर्णाली प्रदेश सरकारले विरेन्द्रनगरमै सरुवा रोग अस्पताल बनाउने प्रक्रिया थालिरहेको अवस्थामा नेता खड्काको पहलमा भेरीगंगा १२ मदानीचौरमा अस्पताल बन्ने सुनिश्चित भएको हो ।

(8) ५० बेडको आधुनिक सरुवा रोग अस्पताल छिन्चुमा बन्ने नेताः पु्र्णबहादुर खड्का – YouTube

३८ करोड लागतमा बन्ने ५० शैयाको प्रदेशस्तरको सरुवा रोग अस्पतालको शिलान्यास गर्ने तयारी भएको छ । सरुवा रोग अस्स्पताल विरेन्द्रनगरमा राख्ने खेल थियो, हामीले विकास बाड्नुपर्छ र श्रोत साधन रोजगार अन्यनत्र पनि बढउनु पर्छ मान्यताका साथ भेरीगंगामा अस्पताल ल्याउन सफल भयौः नेता खड्काले सार्वजनिक कार्यक्रम बताए । अस्पतालको भेरीगंगामा बन्ने प्रदेश सरकारसंग कुरा भएको छ, बजेट व्यवस्था पनि भएको, चुनाव सकिएलगत्तै शिलान्यास भई टेण्डर प्रक्रियामा जाने नेताले खड्काले भने । सरुवा रोग अस्पतालको जग्गा हस्तान्तरण र निर्णय प्रक्रियाले केही ढिला भएपनि अहिले सबै प्रक्रिया पुरा भई शिलान्यास गर्ने र टेण्डरबाट काम थाल्ने अन्तिम तयारी भएको हो । कर्णाली प्रदेशस्तरको ५० बेडको सरुवा रोग अस्पताल सुर्खेत छिन्चु बजार भेरीगंगास्थित मेला लाग्ने चोरमा बनाउने योजनाले पुर्णता पाएको हो । नेपाल सरकारले गत चालू आर्थिक बर्षमा उपत्यकामा ३ सय शैयाको केन्द्रीय र सबै प्रदेशमा ५० शैयाका सुविधा सम्पन्न सरूवा रोग अस्पताल बनाउन बजेट छुट्याएको थियो । कर्णाली प्रदेश सरकारहरुले जग्गा छनोट प्रक्रिया र स्थान छनोटमा ढिलासुस्ती गरिरहँदा नेता खड्काको पहलमा चालू आर्थिक बर्षमा कर्णाली प्रदेशको निर्णयबाट भेरीगंगामा बनाउने प्रक्रिया थालिएको हो ।

यसअघि कर्णालीलगायत अन्य प्रदेशमा पनि प्रदेशमै सुविधा सम्पन्न सरुवा रोग अस्पताल नहुँदा राजधानी धाउने अवस्था थियो । सबै प्रदेश राजधानीमा ५० शैयाको सुविधा सम्पन्न छुट्टै सरुवा रोग अस्पताल निर्माण गर्न नीति तथा कार्यक्रममा समावेश भएपनि कर्णाली प्रदेशमा स्थान र ठाउँको विवाद रहेको थियो । जग्गा र स्थानको विवादले एक बर्ष ढिला भएको सरुवा रोग अस्पताल अव भेरीगंगाको छिन्चु मैदानी चौरमा बन्ने पक्का भएको हो ।