भेरीगंगा, जेठ ३- स्थानीय तह निर्बाचन २०७९ मा भेरीगंगा ६,७ र ८ बाट नेपाली कांग्रेसको प्यानल नै विजय भएको छ । प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारलाई पारजित गर्दै कांग्रेसले पाँच वटा पद सुरक्षित गरेको हो ।


पछिल्लो मतपरिणाम अनुसार भेरीगंगा वडा नम्बर ८ बाट नेपाली कांग्रेसका उम्मेदवार पुसे कामीको प्यानल विजय भएको छ । एमालेका उम्मेदवार डिल्लीराज रेग्मीलाई ३२ मत अन्तरले पराजित गर्दै पुसे कामी वडाअध्यक्षमा विजय भएका हुन् । कांग्रेसका कामीले ९२४ र एमालेका रेग्मीले ८९२ मत प्राप्त गरेका थिए । वडासदस्यहरुमा झुपलाल सुनार,देउकली सुनार, झुपलाल खत्री र अमृता विष्ट विजय भएका छन् । भेरीगंगा ७ बाट वडाअध्यक्षमा कर्णबहादुर मिजार प्यानल विजय भएको छ । वडासदस्यहरुमा शेरबहादुर कार्की, ओबिसरा बस्याल, मनकली बुढा खड्का, रतिसरा बिक विजय भएका हुन् । मिजारले ५२२ र उनका प्रतिद्धन्द्धी नेकपा एमालेका दिलिप बस्याले ५०९ मत ल्याएका थिए ।


यस्तै भेरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवारहरु लालसिङ्ग बिसीको पुरै प्यानल बिजय भएको छ । नेकपा एमालेका उम्मेदवार लालबहादुर घर्तीलाई ७७ मत अन्तरले पराजित गर्दै विसी विजय भएका हुन् ।