भेरीगंगा, बैशाख ३१- सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर आज राती १० बजेबाट १० रुपैयाँले बढाएको भएपनि भेरीगंगाको छिन्चुमा भने दुई घण्टा अगावै मुल्य बढाएको छ । सरकारले आज राती १२ बजेबाट लागु हुने गरि मूल्य बढाएको भएपनि छिन्चुमा रहेका एकमात्र खत्री आयल स्टोरले राति १० बजे अगावैबाट बढेको मुल्यमा ईन्धन वितरण गरेको पाएको छ ।


कालो बजारी ऐन नियम विपरीत खत्री आयलले दुई घण्टा अगावै मुल्य टासेर वितरण थालेको छ । जुन नियम विपरीत र कालोबजारी अन्तर्गत पर्दछ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज राती १२ बजेदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको हो । तर छिन्चुको एकमात्र खत्री आयल स्टोरमा दुई घण्टा अगावै डिजिटल मिटरमा मूल्य सेट गरिएको छ । भेरीगंगा ६ का रामबहादुर खड्काले यहाँ दुइ घण्टा पहिले मुल्य बढाएको बताउनुभयो । सरकारले तोकेको समय भन्दा दुई घण्टा अगाडी नै पेट्रोलियम पदार्थको मुल्य खत्री आयल स्टोरले बढाएकोले छानविन र कारवाही हुनुपर्ने खड्काले भन्नुभयो ।


आज रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ । अहिलेलाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।