भेरीगंगा, बैशाख २५- नेपाली कांग्रेस भेरीगंगा र लेकबेशी नगर कमिटिले स्थानीय तह चुनावी आमसभा आज भेरीगंगाको छिन्चु र लेकबेशीको दशरथपुरमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पुर्णबहादुर खड्काले भेरीगंगा र लेकबेशीस्तरीय चुनावी आमसभालाई स्म्बोधन गर्नुभएको थियो ।


चुनावी सभालाई सम्बोधन गर्दै नेता खड्काले पाँच दलीय गठबन्धन बाध्यता भएको बताउनुभयो । गठबन्धन देशको आवश्यकता बमोजिम भएको र क्षणिक नभएर लामो समयमा लागि गठबन्धन टिक्ने उहाँको दावी रहेको थियो । चुनावी सभामा नेता खड्काले प्रदेश र संघमा अघिल्लो चुनावमा कांग्रेस पराजित हुदा क्षेत्र नम्बर १ विकासमा धेरै पछि परेको स्मरण गराउनुभयो । प्रदेश र संघबाट प्रतिनिधित्व गर्ने सांसदहरुले क्षेत्र नम्बर १ मा पुराना योजनालाई निरन्तरता दिन नसकेको र नँया पनि सफल योजना हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो ।


आफ्नो पहलमा अव रामघाट पक्की पुल निर्माण, रामघाटमा भन्ने प्रादेशिक विमानस्थल, सुकुम्बासीलाई जग्गा वितरण र अन्य अधुरा काम छिटै पुर्ण हुने बताउनुभयोे । पुर्वी सुर्खेतका भेरीगंगा, गुर्भाकोट र लेकबेशी समेटेर तयार पारिने भेरीक्षेत्र आधुनिक स्मार्ट सिटि निर्माणको कार्य पनि सूचारु हुने नेता खठ्काले जानकारी दिनुभयो । आमसभामा कांग्रेस र गठबन्धनका उम्मेदवारहरुको सहभागीता रहेको थियो ।