सुर्खेत, बैशाख २५- स्थानीय तह निर्वाचन नजिकिदै गर्दा भेरीगंगा वडा नम्बर ६ र ७ वडामा नेकपा एमाले कार्यकर्ताबिच आपसी विवाद बढ्दै झडप भएको छ । मदिरा सेवनकै कारण स्थानीय विवाहमा भएको झडपले उग्र रुप लिँदा दुइ वडाबिचका नेता, कार्यकर्ताहरुको झडप र कुटाकुटको अवस्था सुरु भएको हो ।

स्थानीय एमाले कार्यकर्ता र नेताहरुबिच झगडा हुँदा तीन जना गम्भीर र दर्जन सामान्य घाईते भएका छन् ।
हिजो शनिबार दिनभर वडा नम्बर ६ र ७ का एमाले कार्यकर्ताबिच झडप भएको हो । दुवै वडाका सँयौ नेता कार्यकर्ता विवादमा आपछि भेरीगंगा ६ स्थित झिंगनीबजारमा झडप भएको हो । झडपमा उनीहरुले घरेलु हतियार प्रयोग गरेको बुझिएको छ । झडपमा तीन जना गम्भीर घाईते र एक दर्जन सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । प्रहरीले चmडपमा संग्लन दर्जन एमाले नेता कार्यकर्तालाई प्रक्राउ गरि छोडेको छ । प्रहरीले एमाले कार्यकर्ताहरुको झडप सामान्य पार्न दिनभर नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरेको थियो । अहिले प्रहरीले घटनालाई सामान्य बनाएको छ ।


घाईतेलाई एम्बुलेन्समा उपचारका लागि विरेन्द्रनगर लगिएको बताएको छ । घटनामा संग्लनहरुको पहिचान भएको र राजनैतिक नेतृत्वले घटनालाई मिलापत्र गरेपछि विवाद सामान्य भएको छ । घाईतेको टाउँको, अनुहार, छातीमा चोटपक लागेको छ ।