हुमबहादुर कार्की, बैशाख २०- स्थानीय तह निर्वाचन मिति बैशाख ३० नजिकिदै गर्दा पुर्वी सुर्खेतको गुर्भाकोट नगरमा राजनैतिक दलबिच चुनावी प्रचारमा प्रतिस्पर्धा देखिएको छ ।


पुर्वी सुर्खेतको ठुलो बजार र जनसंख्या रहेको गुर्भाकोटमा स्थानीय चुनावमा राजनैतिक दल र उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त देखिएका छन् । नगरका १४ वटै वडाहरुमा विभिन्न पार्टी नेता, कार्यकर्ताहरु मतदाता फकाउने, आफ्ना प्रतिबद्धता र घोषणा पत्र वितरण जस्ता कार्यक्रमलाई तीव्रता बनाएका छन् ।


चुनाव केन्द्रित घरदैलो, कोणासभा, आमसभाजस्ता कार्यक्रम अहिले दैनिक संचालन हुने गरेको छ ।