अन्तर मावि हाजिरीजवाफमा नेरा मावि जहरे प्रथम

दिपक बराल, बैशाख २०- भेरीगंगा नगरपालिका ९ जहरेमा अन्तर माध्यमिक विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नयाँ धर्ती साहित्य समाज सुर्खेतको आयोजना र भेरीगंगा वडा नम्बर ८ को आर्थिक सहयोगमा नेरा मावि सानोजात्री जहरेमा संचालित अन्तर माध्यमिक विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको हो ।
भेरीगंगा नगरपालिका वडा न. ८ का वडा अध्यक्ष पदमबहादुर खत्रीको प्रमुख अतिथीमा संचालन भएको प्रतियोगितामा सरकारी र निजी विधालय गरी जम्मा ८ वटा विद्यालयका दुईदुई जना विद्याथीएको सहभागी रहेको थियो । मौलिक कला सस्कृतिकहरुको संरक्षण गर्ने उदेश्यले संचालन गरिएको हाजिरीजवाफ प्रतियोगितामा नेरा मावि सानोजात्री प्रथम भएको छ । नेरा माविक भेरीगंगा ९ कक्षा १० मा अध्यनरत संजीव राना र गिब्सन तिरुवाले १० अंक प्राप्त गरि प्रथम स्थान प्राप्त गरेका हुन् । श्रीनेरा मावि भेरीगंगा ८ लोदे दोस्रो भएको छ । कक्षा १० मा अध्यनरत निरु रोकाए र कक्षा ९ मा अध्यनरत यामराज वस्नेतले ९ अंक प्राप्त गरि दृतिय स्थान प्राप्त गरेका हुन् । देउती ईंगलिश मिडियम बोडिङ्गकक्षा १० मा अध्यनरत मेलिना विक र कक्षा ८ मा अध्यनरत किरण विकले ८ अंक प्राप्त गरी तुतिय स्थान प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सुर्य ज्योती मावि गुर्भाकोट ८ मेहेलकुना कक्षा १० मा अध्यनरत राहुल केसी र प्रगती शर्माले ५ अंक प्राप्त गरी सान्तवना स्थान हासिल गरेका छन् । हाजिरीजवाफ प्रतियोगितामा विजेता विद्यालय र विद्यार्थीलाई पुरुस्कार, प्रमाणपत्र वितरण गरिएको नेरा मावी लोदेका प्रधानाध्यापक भानु शर्माले बताउनुभयो ।
प्रतियोगिताको विशिष्ट अथितिमा वडा नम्बर ८ का वडासदस्य पर्से कामी र रुपी कामी सहभागीता रहेको थियो । नयाँ धर्ती साहित्य समाज सुर्खेतका अध्यक्ष दलजित रसाईलीको सभापतिमा सम्पन्न भएको प्रतीयोगीतामा विशेष अतिथीको रुपमा सानो जात्री माविका प्रअ पदमवहादुर खत्री, अन्य विद्यालयका शिक्षहरु अम्मरबहादुर नेपाली, नेमचन्द्र विकसहित ४० जनाको सहभागीता रहेको थियो ।