भेरीगंगा, बैशाख १८- बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेसंगै भेरीगंगामा उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन् ।

नगरका मेयर, उपमेयर, वडाअध्यक्ष, वडासदस्य र स्वतन्त्र उम्मेदवारी दिएकाहरु द्यैनिक विहानैबाटै प्रचार प्रसार र घरदैलो अभियानमा जुटेका हुन् । भेरीगंगा नगरमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी, राप्रपा र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।


निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारहरु घरदैलो र भेटघाटमा जुटेका हुन् ।