दिलिप ढकाल, बैशाख १७- पुर्बी सुर्खेत को गुर्भाकोट नगरपालिकामा यहि बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्बाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका २६२ जना मध्ये ७ जनाले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् ।


उमेद्वारी फिर्ता लिनेहरुमा स्वतन्त्र उमेद्वार ४ जना र माओबादि केन्द्र बाट ३ जना रहेका छन् । गुर्भाकोट नगरपालिका वडा नबर २ बाट स्वतन्त्र उमेद्वारी दिएका खिमानन्द ढकाल र गुर्भाकोट नगरपालिका वडा नम्बर ६ बाट स्वतन्त्र उमेद्वारी दिएका देविलाल बिकले पनि आफ्नो उमेद्वारी फिर्ता लिएका छन् । गुर्भाकोट नगरपालिका वडा नम्बर २ बाट स्वतन्त्र उमेद्वारी दिएका सिता भण्डारी र बालकृष्ण डाँगीले वडा सदस्य पद वाट आफ्नो उमेद्वारी फिर्ता लिएका छन् । त्यस्तै नेकपा माओबादी केन्द्र गुर्भाको ९ बाट वडा सदस्यमा आफ्नो उम्मेद्वारी दिएकि दिलमाया पुन, वडा नम्बर ५ बाट खड्ग बहादुर सुनार,र वडा नम्बर ४ बाट ललिता कामीले आफ्नो उमेदारी फिर्ता लिएका गुर्भाकोट नगपालिकाकि निर्बाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिनु भयो ।


बाकि २५५ जनालाई आज शनिबार निर्बाचान चिन्ह पर्दान गरिने समेत अधिकृत भण्डारीले जानकारी दिनु भयो ।