भेरीगंगा, बैशाख १२- आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले भेरीगंगा नगर उपप्रमुख उम्मेदवारी टुङ्गो लगाएको छ । नेकपा एमालेको तर्फबाट भेरीगंगा नगरपालिकाको नगर उपप्रमुख पदमा धनसरा बोहरालाई चयन गरिएको हो ।


नेकपा एमाले नगर कमिटिले बोहरालाई उपमेयरमा सर्वसम्मत छनोट गरेको हो । भेरीगंगा नगरपालिका ९ निवासी बोहरालाई उपमेयरको उम्मेदवारी बनाएको हो । नेकपा एमालेले मेयर उम्मेदवारी टुङ्गो लगाएसंगै भेरीगंगामा बैशाख ३० गतेको स्थानीय तह चुनावमा पार्टी होमिएको छ । एमालेले उपमेयरको उम्मेदवारी छनोटसंगै पार्टीले वडादेखि नगरको उम्मेदवारी छिनोफानो गरेको हो ।


बैशाख १२ गते आज मनोनयन दर्ता समय भएकोले आजै नगरमा उम्मेदवारको मनोनय दर्ता हुने छ । दोस्रो स्थानीय तह निर्वाचनमा भेरीगंगा नगरपालिकामा नेकपा एमाले र कांग्रेसका उम्मेदवारी बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।