भेरीगंगाट, बैशाख ११- आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले भेरीगंगा नगर प्रमुख मेयरको उम्मेदवारी टुङ्गो लगाएको छ । नेकपा एमालेको तर्फबाट भेरीगंगा नगरपालिकाको नगरप्रमुख मेयर पदमा यज्ञप्रसाद ढकाललाई चयन गरिएको हो ।


नेकपा एमाले नगर कमिटिले ढकाललाई मेयरमा सर्वसम्मत छनोट गरेको हो । पहिलो स्थानीय तह निर्वाचनमा पराजित ढकाललाई पार्टीले दोस्रो पटक मेयरको उम्मेदवारी बनाएको हो । नेकपा एमालेले मेयर उम्मेदवारी टुङ्गो लगाएसंगै भेरीगंगामा बैशाख ३० गतेको स्थानीय तह चुनावमा पार्टी होमिएको छ । एमालेले उपमेयरको उम्मेदवारी भने छिनोफानो गरेको छैन् । बैशाख १२ गते मनोनयन दर्ता समय भएकोले १२ गतेसम्म छिनोफानो गर्ने दवावमा रहेको छ ।


दोस्रो स्थानीय तह निर्वाचनमा भेरीगंगा नगरपालिकामा नेकपा एमाले र कांग्रेसका उम्मेदवारी बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।