सुर्खेत, बैशाख ११-आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उमेदवारीको नाम मनोनय गर्ने समय तोकिएको छ । साना दल र स्वतन्त्र उम्मेदवारले मेयर,उपमेयर र स्वतन्त्र वडाअध्यक्षको मनोनयन दर्ता आईतबारबाटै चलिरहेको छ । गठबन्धन कसरत कर्णाली प्रदेशमा पाँच दलले छिनोफानो गरिसकेका छैनन् ।


पहिलो स्थानीय तह निर्वाचनमा ८० प्रतिशत स्थानीय तह सरकार जितेको भेरीगंगा नगरपालिकामा अवको कांग्रेसको सम्भावित मेयरको चर्चापरिचर्चा सुरु भएको छ । मेयर पदका लागि नेपाली कांग्रेसबाट आधा दर्जनको दावेदार रहेपनि पछिल्ला समयमा निर्वतमान मेयर भुपेन्द्रबहादुर चन्द की काग्रेस नगरकमिटि सभापति रामबहादुर सिँह अवको मेयर बन्ने चर्चा सुरु भएको छ । मेयर उम्मेदवारका बाँकी ६ जनाको सम्भावना र चर्चा सेलाउँदै गएपछि चन्द र सिँहमध्ये एक नगर प्रमुखको उम्मेदवारी हुने चर्चा सुरु भएको हो । नेकपा एमालेले भेरीगंगामा मेयरका लागि पहिलो स्थानीय तह निर्वाचनमा मेयरबाट पराजित यज्ञप्रसाद ढकाललाई उम्मेदवारी बनाएको छ । राप्रपा, माओवादी पार्टीले पनि मेयरको उम्मेदवारी सिफारिस गरेपनि नगरको ठुलो पार्टी कांग्रेसको उम्मेदवारी सिँह र चन्दमध्ये एक पक्कापक्की भएको कांग्रेस कार्यकर्ता, नेताहरुमा आकलन सुरु भएको हो । यतिबेला कर्णाली प्रदेश कमिटिले नगर प्रमुख र उपप्रमुख उम्मेदवार सिफारिस गर्ने हुँदा यतिबेला सबै नगरका नेताहरु सदरमुकाममा रहेका छन् । सबै वृतान्तबाट हालका मेयर चन्द र पार्टी सभापति सिँहमध्ये एक जना मेयरका पक्कापक्की भएको हो ।


उपमेयरका लागि भने नेपाली कांग्रेसले प्रदेश कमिटिको सहमती र निर्णय कुरेको हो । गटबन्धनमा उपमेयर दिनुपर्ने अवस्था सृजना भएको पार्टी नेताहरुले बताएका छन् । जिल्लास्तरमा गठबन्धन भए मेयरका लागि भुपेन्द्र चन्दलाई टिकट दिनुपर्ने र गठबन्धन भए सभापति सिँहलाई उम्मेदवारी बनाउनुपर्ने आवाज र अन्तिम निर्णय जस्तै भएको बताएको छ ।