भेरीगंगा, बैशाख ८- आगामी ३० गते हुने स्थानीय तह निवाशर््चनका लागि नेपाली कांग्रेस भेरीगंगा १० मा वडास्तरको उम्मेदवारी छनोट भएको छ । भेरीगंगा नगरपालिकाबाट नेपाली कांग्रेसले पहिलो वडाका रुपमा सर्वसम्मत वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार टुंगो लगाएको हो ।


पार्टीले आगामी स्थानीय निर्वाचनमा वडाअध्यक्षमा वडा सभापती विर बहादुर बस्नेत, त्यस्तै सदस्यहरुमा खुल्ला महिला सदस्यमा खगीसरा पुन मगर, दलित महिला सदस्यमा लालसरी कामी, पुरुष खुल्ला सदस्यमा गोपाल बनगाडी र नोखबहादुर रोयकालाई सर्वसम्मत छनोट गरेको हो । भेरीगंगा १० वडा नगरमै पहिलो वडा जनप्रतिनिधी छनोट गर्नेमा परेको छ ।


गएको शनिवार वडा नम्वर १० मा उमेद्वार छनौटका लागि बसेको वडा कमिटीको बैठकले आगामी बैशाख ३० गते हुने स्थानियतहको चुनावमा सक्रिय रुपमा लागि पर्ने निर्णय समेत गरेको हो ।