हुमबहादुर कार्की, बैशाख ८- गुर्भाकोट वडा नम्बर २ मालारानी सुर्खेतमा एक दिने मकै खेती प्रबिधी घुम्ती स्थलगत तालिम सम्पन्न भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यन्वयन इकाइ सुर्खेतको आयोजनामा तालिम सम्पन्न भएको हो । हरियाली कृषि बजार सहकारी सस्था गुर्भाकोट २ को समन्वयमा मकै खेती प्रबिधी घुम्ती स्थलगत तालिम सम्पन्न भएको हो ।


हरियाली कृषि बजार सहकारीका अध्यक्ष मोतिप्रसाद चपाइको अध्यक्षतामा , प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना इकाइ सुर्खेत कार्यलय प्रमुख पुष्पराज पौडेलको प्रमुख अतिथ्यमा, बाली सँरक्षण बिज्ञ नार्कका बेतप्रसाद चौलागाइ, कृषि अनुसन्धान अधिकृत केसबराज पोख्रेलको अतिथ्यमा कार्यक्रम भएको थियो । प्रमुख अतिथी पुष्पराज पौडेलले मकै बाली अन्नको दोस्रो खाद्यन्न भएकाले मकै स्वास्थ्य लगायत विभिन्न प्रयोजनका लागि अति आबश्यक भएको हुदा मकै लाई आजको युगमा आधुनिक प्रबिधीबाट मकै बिस्तार गरि आर्थिक लाभ समेत लिन सकिने बताउनु भएको थियो । यसै गरि बाली अनुसन्धान अधिकृत केशबराज पोख्रेलले मकैका जात,मकै लगाउने तरिका,मल प्रयोग,मकै लगाउने विधि,समय,लगायत का बारेमा प्रशिक्षण दिनुभएको थियो । बाली संरक्षण बिज्ञ बेतप्रसाद चौलागाईंले मकै बालिमा लाग्ने रोगहरु जस्तै फेद कटुवा किरा,खुम्रे किरा,फौजी किरा,गवारे किरा बारे जानकारी दिदै रोगलाई रोकथाम गर्ने र बिषादी बारे जानकारी दिनुभएको थियो । कार्यक्रमलाई हरियाली कृषि बजार सहकारी सस्थाले ब्यबस्थापन गरेको थियो भने विभिन्न समुह र सहकारीका सदस्यहरुको उपस्तिथि रहेको थियो


तालिम समापन गर्दै हरियाली कृषि बजार सहकारीका अध्यक्ष मोतिप्रसाद चपाइले सोही परियोजनालाई स्वागत तथा धन्यवाद दिदै मकै बाली अब प्रबिधी बिकासबाट थोरै रकम र सममा धेरै लाभ लिन सकिने बताउनु भएको थियो । कार्यक्रममा सहकारीका सचिब नन्दलाल भुसाल लगायत कर्मचारी सदस्यहरु समुहहरुका सदस्यहरु गरि जम्मा ४० जना सदस्यहरुको उपस्थिति रहेको थियो । परियोजनाबाट यसै सहकारीले करिब ५०० रोपनीमा मकै जोन र मकै बिस्तार खेती सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रम संचालन कृषि प्राबिधिक विरबहादुर रानाले गर्नु भएको थियो भने कार्यक्रम पश्चात प्राक्टिकल खेतमै आधुनिक यन्त्रबाट मकै लगाउने कार्य भएको थियो ।