दिलिप ढकाल, गुर्भाकोट, बैशाख ६ – सल्यान जिल्लाको दुर्गम भेगको रुममा चिनिएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले आफु चढ्दै आएको मोटरसाईकल गाउँपालिकालाई फिर्ता गरेका छन् । । गाउपालिका अध्यक्ष केसीले पालिकाको कार्यालयमै पुगेर प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर खत्रीलाई मोटरसाईकलको चाबी हस्तान्तरण गरेका हुन् ।


कालिमाटी गाउपालिका भित्रका जनप्रतिनिधिमध्ये सरकारी सवारी साधन फिर्ता गर्ने पालिका अध्यक्ष केसी चौथो व्यक्ति हुन् । पालिका अध्यक्ष केसीले प्रयोग गर्दै आएको रा १ ब ११७० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका थिए । यसअघि नै कालीमाटी गाउपालिकाका वडा नम्बर २ का वडाअध्यक्ष ईन्द्रबहादुर ओली, वडा नम्बर ३ का वडाअध्यक्ष बिरबहादुर ओली र वडा नम्बर ४ का वडाअध्यक्ष बेल बहादुर चन्दले पनि सरकारी सवारी साधन फिर्ता गरिसक्नु भएको छ । पालिकाका निर्वाचित जनप्रतिनिधी बैशाख ३० गतेको निर्वाचनमा उम्मेदवारी दिने तयारीसंगै सरकारी सवारी साधन फिर्ता गर्न सुरु भएको हो ।


यहाँको पालिकामा रहेका ७ वटा वडामध्ये वडा नम्बर १ देखि ५ वडासम्म एमालेले जितेको थियो भने वडा नबर ६ मा माओबादी र वडा नम्बर ७ मा नेपाली कांग्रेसले जितेको थियो ।