नेपाली कांग्रेस सुर्खेत क्षेत्र १ कको प्रथम सम्मेलन भव्यताका साथ सम्पन्न

हुमबहादुर कार्की, फागुन २९ -नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति सुर्खेत क्षेत्र न १ (क) को प्रथम प्रदेश सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेश केन्द्रीय कार्यसम्पादन सदस्य एवंम कर्णाली प्रदेश संसदिय दलको नेता तथा कर्णाली प्रदेश निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले जनताका विकाससग सम्बन्धित र वास्तविक जीवनका समस्या सम्बोधन हुने गरि नेताकार्यकता लाग्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले सबै दल पार्टीमा जनता, मतदाताभन्दा नेता कार्यकर्ताको खराव आचारण बढेको भन्दै कांग्रेस नेताहरुलाई सचिन र जनतामुखी भई राजनिति गर्न आग्रह गर्नुभयो । कांग्रेसलाई सुख दुखको साथी, विकाससंग कांग्रेस र संगठन सुदृढिकरणमा जोड दिने अभियान अन्तर्गत क्षेत्र नम्बर १ प्रदेश क को प्रथम सम्मेलन सोमबार गुर्भाकोट ८ को मेहेलकुनामा सम्पन्न भएको छ । प्रथम सम्मेलनले प्रदेश कको आर्थिक प्रतिवेदन र राजनैतिक प्रतिवेदन पास गरेको कांग्रेस क्षेत्रीय कमिटि सहसचिव खुम डाङ्गीले जानकारी दिनुभयो । नेपाली काँग्रेश सुर्खेत क्षेत्र नं.१ प्रदेश सभा क का सभापति केशर वलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कांग्रेस कर्णाली प्रदेशसदस्य मैना विक, जिल्ला उपसभापति टोपबहादुर रावल, विष्णुबहादुर खड्का, जिल्ला सचिव हरिभक्त कडेल, जिल्ला सदस्य खगेन्द्र नगाल, क्षेत्र नम्बर १ क्षेत्रीय सभापति झकबहादुर डाङ्गी, क्षेत्रीय सचिव पदमबहादुर केसी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
सम्मेलनमा प्रदेश सभा क भित्रका क्षेत्रीय प्रतिनिधी, महाधिवेशन प्रतिनिधी, कर्णाली प्रदेशका पदाधिकारी तथा सदस्य, जिल्ला कार्यसमिती पदाधिकारी सदस्य, क्षेत्रीय कार्यसमिति सभापति र पदाधिकारी, सदस्यहरू लगायत भेरीगंगा, लेकबेशी र चिंगाडका पालिका सभापती र पदाधिकारी सदस्यसंगै वडाका सभापती र पदाधिकारी सदस्य, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख र पदाधिकारीहरूको सहभागीता रहेको थियो । प्रथम सम्मेलनमा बर्षभरका कार्यक्रम, योजना, क्रियाकलापको समीक्षा गरिएको थियो । यस्तै नेपाल प्रध्यापक संघका केन्द्रिय उपाध्यक्ष डा. महेन्द्रकुमार मल्ले प्रशिक्षण गरेका थिए । सम्मेलनमा गुर्भाकोट र सिम्ताका कांग्रेसका पार्टी सभापति तथा पदाधिकारी सदस्य, २३ वटै वडाका सभापति, पदाधिकारी सदस्य, स्वास्थ्यकर्मी संघ , शिक्षक संघ , महिला संघ, नेबि संघ , तरुन दलका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।