भेरीगंगा, फागुन २७ -नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं १ प्रदेश ख कार्यसमितिको प्रथम सम्मेलन शनिबार सम्पन्न भएको छ । कांग्रेसलाई सुख दुखको साथी, विकाससंग कांग्रेस र संगठन सुदृढिकरणमा जोड दिने अभियान अन्तर्गत क्षेत्र नम्बर १ प्रदेश ख को प्रथम सम्मेलन भेरीगंगा ११ स्थित राताचौरमा सम्पन्न भएको हो ।
नेपाली काँग्रेश सुर्खेत क्षेत्र नं.१ प्रदेश सभा ख का सभापति भुपेन्द्र बहादुर सुवेदीको सभापतित्वमा र काँग्रेश केन्द्रीय कार्यसम्पादन सदस्य एवंम कर्णाली प्रदेश नेपाली काँग्रेश संसदिय दलको नेता साथै कर्णाली प्रदेश निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहिको प्रमुुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कांग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, प्रदेश सदस्य रेणु आचार्य, मानबहादुर बुढा, जिल्ला उपसभापति टोपबहादुर रावल, जिल्ला सचिव हरिभक्त कडेल, जिल्ला सदस्यहरु भुपेन्द्रबहादुर चन्द, खगेन्द्र नगाल, क्षेत्र नम्बर १ क्षेत्रीय सभापति झकबहादुर डांगी, क्षेत्रीय सचिव पदमबहादुर केसी, लेकबेशी नगर सभापति उमेशकुमार पौडेल, भेरीगंगा नगर सभापति रामबहादुर सिँह लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । प्रथम प्रदेश ख को सम्मेलनले विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । प्रथम सम्मेलनमा प्रदेश सभा क भित्रका क्षेत्रीय प्रतिनिधी, महाधिवेशन प्रतिनिधी, कर्णाली प्रदेशका पदाधिकारी तथा सदस्य, जिल्ला कार्यसमिती पदाधिकारी सदस्य, क्षेत्रीय कार्यसमिति सभापति र पदाधिकारी, सदस्यहरू लगायत भेरीगंगा, लेकबेशी र चिंगाडका पालिका सभापती र पदाधिकारी सदस्यसंगै वडाका सभापती र पदाधिकारी सदस्य, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख र पदाधिकारीहरूको सहभागीता रहेको थियो ।
प्रथम सम्मेलनमा बर्षभरका कार्यक्रम, योजना, क्रियाकलापको समीक्षा गरिएको थियो । यस्तै नेपाल प्रध्यापक संघका केन्द्रिय उपाध्यक्ष डा. महेन्द्रकुमार मल्ले प्रशिक्षण गरेका थिए । कार्यक्रममा तीन वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । यस्तै प्रथम प्रदेश सम्मेलनले चार वटा निर्णय समेत गरेको छ ।