लेकबेशी, फागुन ७- सुर्खेत जिल्लास्तरीय १४ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता लेकबेसीको दशरथपुरमा सूरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ लेकबेशी नगरको जिबनज्योती उच्च मावि दशरथपुरमा आईतबारदेखि प्रतियोगिता सूरु भएको हो ।

प्रतियोगिताको प्रमुख अथिती नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति एबम प्रतिनिधि सभा सदस्य पुर्णबहादुर खड्काले उद्घाटन गरे । जिल्ला समन्वय प्रमुख गंगाराम सुनारको अध्यक्षता, बिशेष अथिती नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति उपाध्यक्ष, प्रदेस सभा सदस्य एबम् कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसिको सहभागीतामा उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै कांग्रेस उपसभापति तथा प्रतिनिधीसभा सदस्य खड्काले खेल जगत राष्ट्रको गहन भएकोले कर्णाली प्रदेशमा खेलको विकासका लागि तीन तहका सरकार लाग्न आवश्यक रहेको बताए । खेलकुद क्षेत्रमा राज्यको लगानी कम भएको भन्दै सबै निकाय व्यवसायीक खेलकुद विकासमा लाग्न आवश्यक रहेको भने । प्रतियोगिताको उद्घाटन शत्रमा विभिन्न मार्चपास, पिटि बाजागाजा झाँकी प्रदर्शन गरिएका थिए । उद्घाटठन शत्रमा सुर्खेतका विभिन्न पालिकाका पालिका प्रमुख, उपप्रमुख, प्रदेश र जिल्ला खेलकुद कार्यालयका प्रमुख एबम पदाधिकारी, जिल्लास्थित चारै बिभागका कार्यलय प्रमुख एबम् प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख एबम प्रतिनिधिहरु, प्रशिक्षक,खेलाडी ,पत्रकारको सहभागीता रहेको थियो ।


जिल्ला खेलकुद विकास समितिको आयोजना, जिबनज्योती उच्च मावि दशरथपुरको सहआयोजना र लेकबेशी नगरपालिकाको समन्वयमा जिल्लास्तरीय १४ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु भएको हो । प्रतियोगितामा खावास, खानपिन र व्यवस्थापनमा लेकबेशी नगरपालिकाले आर्थिक सहयोग गर्ने लेकबेशी नगरका नगरप्रमुख उमेशकुमार पौडेलले जानकारी दिए । प्रतियोगिता तीन दिनसम्म चल्ने छ । प्रतियोगितामा सुर्खेतका नौ वटा पालिकाका विद्यार्थीको सहभागीता रहेको छ ।