कांग्रेस भेरीगंगाद्धारा २४ बुद्धे बार्षिक संगठन सुदृढीकरण कार्यक्रम सार्वजनिक

हरि रोकाय, फागुन ५ -नेपाली कांग्रेस भेरीगंगा नगर कार्यसमिति भेरीगंगा सुर्खेतको शुक्रबार सम्पन्न नियमित बैठकले नगर कार्यसमितिको २४ बुद्धे बार्षिक संगठन सुदृढीकरण कार्यक्रम सार्वजनिक गरेको छ । वडावडा र नगरमा पार्टीलाई चलायमान, संगठन मजवुत र जनताको पार्टीप्रति अपनत्व विकास गर्न बार्षिक कार्ययोजना सार्वजनिक गरिएको हो ।

नगर कार्यसमिति सभापति रामबहादुर सिँहले २०७९ फागुन महिनादेखि २०८० माघ महिनासम्मको २४ बुदे बार्षिक संगठन सुदृढीकरण कार्यक्रम घोषणा गर्नुभयो । पार्टी संगठन सृदृढ कार्यक्रमका लागि योजना नगरपालिका सम्मेलनमा निर्णय गरि पारित गर्ने, अनुमोदन गर्नका लागि पेश गर्ने, सो कार्यक्रम विकाससंग कांग्रेस, सुखदुखको साथी कांग्रेस, संगठन निर्माण, सुधार, चलायमान गरि संगठन सुदृढीकरण र कांग्रेसका नेता कार्यकर्तामा ज्ञानको विकास गर्न गराउन एक ब्यक्ति एक पुस्तक सहयोग कार्यक्रबाट सानो पुस्तकालय स्थापना गर्ने लगायत रहेका सभापति सिँहले बताउनुभयो ।

यी कार्यक्रमबाट एक बर्षमा पार्टीको संगठन, जनमत र बस्ती बस्तीमा पार्टी चलायमान हुने सभापति सिँहले दावी गर्नुभयो । वैठकबाट भएका निर्णयहरुमा फागुन १३ गते शनिवार ११ वजे भेरी बहुउद्देश्यीय सहकारी संस्था १० छिन्चुमा नगरपालिका सम्मेलन गर्ने, कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन, नेपाली कांग्रेस केन्द्रीय सदस्य माननीय चन्द्र भण्डारीको स्वास्थ्य लाभको कामना र मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

नगर आमन्त्रित सदस्य देउकला सार्की, सुमित्रा वि.क., देवराज वली, डिलवहादुर चुनारलाई मनोनित गर्ने निर्णय गरेको छ । सवै निर्णय कार्यान्वयन गर्न भेरीगंगा नगरभित्रका नेता, सवै तहका पार्टी, संघसंस्थाको सहयोगको अपेक्षा नगर कार्यससिमतिले गरेको कार्यक्रम घोषणामा भनिएको छ । नगरकार्यसमितिले घोषणा गरेको कार्यक्रम समसामयिक, जनअपेक्षा र पार्टी कार्यकर्ताको मनोभावना बमोजिम आएको सहभागीले बताए ।