सोनिया बोहरा, फागुन ५- राष्टिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई ड्राईभर्सन आयोजनाले भेरीगंगा नगरको साविक मैनतडामा १३ वडा पिउने पानीका लागि डिप बोरिङ्ग जडान सुरु गरेको छ । आयोजनाले बनाउने डिप बोरिङ्ग अन्तर्गत भेरीगंगा वडा नम्बर ९ जहरेबजारमा शुक्रबार उद्घाटन गरिएको छ ।

भेरीगंगा वडा नम्बर ९ का वडाअध्यक्ष प्रेमबहादुर आग्रीले जहरेबजारस्थित श्री नेरा माविमा डिप बोरिङ्गको उद्घाटन गरे । विद्यालयको खानेपानी सहज उपलब्धताका लागि उक्त डिपबोरिङ्ग जडान भएको उनले भने । वडा कार्यालयको पहल र प्रयासमा भेरी बबई ड्राईभर्सनबाट उक्त आयोजना भएको भन्दै अन्य ५ वटा डिपबोरिङ्ग वडा, टोलहरुमा सहज खानेपानी वितरणमा जडान हुने वडाअध्यक्ष आग्रीले जानकारी दिए । भेरीबबई ड्राईभर्सन आयोजनाले वडा नम्बर ९ वडामा ६ वटा डिपबोरिङ्ग जडान गर्ने भएको छ ।


भेरीगंगा वडा नम्बर ८ मा २ वटा र वडा नम्बर ६ मा ५ वटा डिप बोरिङ्ग जडान कार्य सूरु भएको हो । जहरेबजारमा विद्यालयको डिपबोरिङ्ग उद्घाटनमा वडाअध्यक्ष, वडासदस्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षकहरुको सहभागीता रहेको थियो ।