भेरीगंगा, फागुन ४ -सुर्खेतको रत्न राजमार्ग अन्तर्गत ठुलो बिउरेनी नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


बियुउरेनीदेखि वीरेन्द्रनगर आउँदै गरेको भे १ त ४४८३ नम्बरको ट्याक्टर बुधबार दिउँसो अनियन्त्रित भएर सडक २५ मिटर तल खसेर दुर्घटना हुँदा लेकवेशी नगरपालिका ९ का १५ वर्षीय जितेन्द्र नेपालीको मृत्यु भएको ह । गम्भीर घाइते नेपालीको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा निधन भएको अस्पतालले जनाएको छ । दुर्घटनामा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

घाइते हुनेमा चिङ्गाड गाउँपालिका ९ का १५ वर्षीय सन्दिप सुनार र वीरेन्द्रनगर नगरपालिका ११ का २८ वर्षीय जीवन बादी भने सामान्य घाइते भएका छन् । उनीहरुको माया नर्सिङ होममा उपचार भइरहेको छ ।