हुमबहादुर कार्की, फागुन ४- गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोगमा र दलित आयआर्जन कार्यक्रम सन्चालन समिती गुर्भाकोट २ को आयोजनामा दलित समुदायका परिवारलाई गिरिराज प्रजातिका चल्ला तथा दाना बितरण गरिएको हो । दलित आयआर्जन कार्यक्रम समितिका अध्यक्ष कुशबहादुर दमाईको अध्यक्षतामा भएको कार्यक्रममा गुर्भाकोट २ वडाभित्र रहेका दलित समुदाय करिब ९० घरधुरी परिवारलाई एक घर बराबर १२ गिरिराज प्रजातीका चल्ला र दुई केजि दाना बितरण गरिएको अध्यक्ष कुशबहादुरले बताए ।

कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष नोखबहादुर वलिले दलित समुदायको आयआर्जन बिकासका लागि गुर्भाकोट नगरपालिकाको आ.ब. ०७९÷८० को नगर सभाबाट बिनियोजित बजेटले दलित समुदायको आयआर्जनसङ्गै भेटघाट बाताबरण सिर्जना गर्दै आगामि दिनहरुमा पनि दलित समुदायका लागि विशेष योजना वडा तथा नगर सरकार सकारात्मक रुपमा लाग्ने बताए । कार्यक्रममा बिशिस्ट अतिथी नगर कार्यपालिका सदस्य राधा ढकाल, वडा सचीव गणेश डिसि, अतिथिमा समाजसेबी खिमानन्द ढकाल, युराज ढकाल, नवीन बिक, युराज कडेल लगायतको रहेको थियो । कार्यक्रम सन्चालन इन्फोस टेक्निकल ईन्स्टिच्युटका प्रबन्धक खुमबहादुर बिकले गर्नु भएको थियो ।

दलित आयआर्जन कार्यक्रम गुर्भाकोट २ सन्चालक समितीमा अध्यक्ष कुशबहादुर दमाई, कोषाध्यक्ष लिला कामी, सचीव तारादेबि बिक सदस्यमा तोज कुमारी बिक, नरबहादुर बिक र लिला कामी रहेका थिए ।