दिलिप ढकाल, फागुन ३ – स्वास्थका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ सल्यानको कालिमाटी गाउपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सम्पन्न भएको छ। कालिमाटी गाउपालिका वडा नम्बर ३ को शारदा जनकल्याण माध्यमिक बिद्यालय को प्राङ्गनमा सुरु भएको रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता माघ २८ गते सुरु भएर फागुन १ गते सम्पन्न भएको हो। रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कालिमाटी गाउपालिका भित्र रहेका माबि तहका ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।

रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी भएका ९ वटा बिद्यालय मध्य शारदा जनकल्याण माबिले सबै भन्दा धेरै स्वर्ण,रजत र कास्य प्राप्त गरि कालिमाटी गाउपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ। सबै भन्दा धेरै स्वर्ण,रजत र कास्य प्राप्त गरेको शारदा जनकल्याण माबि रामपुरले २१ स्वर्ण,८ रजत र ५ कास्य प्राप्त गरि नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पहिलो बनेको छ। त्यस्यै जनता माबि दमदुवालीले ३ स्वर्ण,६ रजत र ४ कास्य प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ भने श्रीजनशील माध्यमिक बिद्यालय झिंगानेले २ स्वर्ण,५ रजत र१ कास्य प्राप्त गरि तेस्रो स्थान हासिल गरेको कालिमाटी गाउपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको सह-आयोजकको रुपमा रहेको शारदा जनकल्याण माबि रामपुरका प्रधानाध्यापक बिन्दुर केसीले जानकारी दिनु भयो।

प्रतियोगितामा भलिबल,कबड्डी,दौड,एथलेटिक्स,हाईजम्प त्रिपलजम्प लगाएतका खेलहरु संचालन भएका थिए। कालिमाटी गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा तथा शारदा जनकल्याण माबि रामपुरको सह आयोजनामा गाउपालिका भित्रका माबि तहका विद्यालयहरुको सहभागीतामा खेलहरु संचालन भएको कालिमाटी गाउपालिका शिक्षा अधिकृत भरत चन्दले जानकारी दिनु भयो। समापन कार्यक्रममा कालिमाटी गाउ पालिका प्रमुख प्रमुख प्रशासकीय अधिकृत,गाउपालिका अध्यक्ष, वडा नम्बर १ देखि ७ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य बिभिन्न शाखामा कार्यरत कर्मचारी, बिद्यालयका प्रधानाध्यापक,शिक्षक बिद्यार्थी,तथा सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।