हुमबहादुर कार्की, फागुन ३- सुर्खेतको गुर्भाकोट नगरपालिकाभित्र छाडा कुकुरको टोकाईबाट नगरभित्र रेबिजको संक्रमण ह्वात्तै बढेको छ । दुई महिनादेखि नगरभित्र छाडा र बौलाह कुकुरको टोकाईबाट मानिस र घरपालुवा पशुपंक्षी घाईतेसंगै रेविज संक्रमण देखिन थालेको छ ।

बुधबार मात्रै वडा नम्बर २ दहस्थित नेत्रलाल शर्मा गैरेको एक दुहुनो भैंसीको रेबिज लागेर मृत्यु भएको छ । गत सोमबारदेखि रेबिज रोगको लक्षण जस्तै मुखबाट र्याल छोड्ने, मानिसलाई झम्टन खोज्ने कुकुर झै कराउने लक्षण देखा परेको थियो । सोही भैंसीलाई सुरक्षित साथ बाधिएर राखीएको भएपनि रेबिजको लक्षण देखा पर्दै गएपछि उक्त भैसीको मृत्यु भएको कृषक गैरेले बताए । भैंसीमा रेबिज देखा परे लगत्तै घर परिवारलाई रेबिज विरुद्धको खोप लगाएइको छ । भैंसीको मृत्यु भएपछि डोजरले खाडल खनी भैसीलाई गाडिएको छ ।

अन्य पशुचौपायामा पनि रेबिज हुन सक्ने भन्दै सतर्कता अपनाउन गुर्भाकोटका मेयर हस्त पुनले आग्रह गर्नुभयो ।