हुमबहादुर कार्की, फागुन २ -गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित डाडाबका स्थानीयहरुले डेढ घण्टा पैदल हिडेर खानेपानी ल्याउनु पर्ने बाध्यता रहेको छ । सय बढी घरधुरी रहेको डाडावमा पिउने पानीको अन्य श्रोत नहुँदा स्थानीय घण्टौ पैदल हिडेर पिउने पानी बोक्न बाध्य भएका हुन् ।


यस क्षेत्रमा विशेष त बालबालिकाले खानेपानी बोक्नु पर्ने बाध्यता पनि देखिन्छ । घरमा आमाबुवा अन्य काममा ब्यस्त हुने हुदा बाध्य भएर डेढ घण्टा लगाइ बिद्यालयको समय बाहेक साझ बिहान पिउनेपानी बोक्नुपर्ने बाध्य हुदा हामीलाई घरमा पढ्ने समय नभएको ११ बर्षीय बालक कृष्ण बुढाले बताए । विभिन्न निकायसंग खानेपानको समस्या बिगत देखि बोल्दै आएको र सम्बन्धित निकायले आसवासन मात्रै दिदै आएको यस क्षेत्रका स्थानीयहरुले आरोप लगाएका छन् । बिगत लामो समयदेखि यहाँका स्थानीयले पानीको समस्या झेल्दै आएको स्थानीय पुर्णबहादुर वलिले बताए । खानेपानी लिनका लागि खोलाढाब जानूपर्ने र जादा ओरालो आउदा उकालो बाटो पर्ने हुदा करिब डेढ घण्टा लाग्ने हुदा घरमा चाहिने आबस्यक पानी पुर्याउन पनि घरको एक सदस्य दिनभर लाग्ने बाध्यता रहेको समेत वलिले बताए । यस्तै गुनासो व्यक्त गर्दै स्थानीय रिमबहादुर वलिले विभिन्न राजनिती दलहरुले चुनाबको बेलामा लिफ्ट मार्फत खानेपानीको ब्यबस्थापन गर्छौ भन्दै पटक टक यहाँका स्थानीयहरु ाई आसवासन मात्र दिने काम भएको र हाल कुनै पनि चासो नदेखाएको गुनासो व्यक्त गरे ।


गाउघरमा पिउने पानीदेखि लिएर गाइबस्तुलगायत सुभकार्य र निर्माण कार्य गर्नलाई पानी पुर्याउन झन् ठूलो समस्या रहेको स्थानीयको भनाइ रहेको छ । खानेपानी टाढा हुदा सरसफाईसंगै स्वच्छ पिउने पानीमा पनि समस्या भएको हुदा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिए पनि यस क्षेत्रमा पानी अभावका कारण शौचालय प्रयोगमा नआएको देखिन्छ । यस क्षेत्रमा करिब २ दर्जन बढी घरधुरीका स्थानीय बासिहरुले खानेपानको समस्या झेल्नु परेको छ ।