वडाअध्यक्ष भण्डारीद्धारा तलव, भत्ताबाट ६६ विद्यार्थीलाई साँढे दुई लाख छात्रवृति वितरण


भेरीगंगा, फागुन १- गरे के सम्भव छैन् र आँट गरे के पुरा हुन सक्दैन् भन्ने मान्यतालाई भेरीगंगा वडा नम्बर १३ का वडाअध्यक्ष गणेश भण्डारीले पुरा गरेका छन् । वडाअध्यक्ष भण्डारीको एक्लो प्रयास र अभियानबाट वडाका १२८ जना द्धन्द्धवप्रभावित विद्यार्थी र जेष्ठ नागरिकले आर्थिक सहयोग पाएका छन् । यस्तै ११ घरधुरी सहिद परिवार र ७ अन्तरजातिय बिबाह गर्ने जोडिलाई समेत सम्मान र नगद सहयोग गरिएको छ ।

वडाअध्यक्ष भण्डारीले वडाअध्यक्ष हैसियतले नेपाल सरकारबाट पाउने तलव, सुविधा र भत्ता र आर्थिक संकलन गरि झण्डै साँढे २ लाख रकम आर्थिक सहयोग गरेका हुन् । द्धन्द्धमा आमा वा बुवा अथवा दुबै गुमाएका वडाबासी कक्षा १ देखि १२ सम्म अध्ययनरत ६६ जना विद्यार्थीहरुलाई प्रतिव्यक्ति ३५०० का दरले दुई लाख ३१ हजार छात्रवृत्ति बितरण गरिएको वडाअध्यक्ष भण्डारीले बताउनुभयो ।

यस्तै द्धन्द्धपिडित ६२ जना ८० वर्ष माथिका ज्येष्ठ नागरिक, ११ घर सहिद परिवार र ७ अन्तर जातिय बिबाह गर्ने जोडिलाई सम्मान पत्र र पाँच्च सय रुपैँया आर्थिक सहायता दिएको भण्डारीको भनाई छ । २०७९ फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर आफ्नो तलव, भत्ता र सुविधाको रकमदेखि व्यक्तिगत आर्थिक संकलन भएको रकम छात्रवृति र द्धन्द्ध प्रभावित व्यक्तिमा वितरण गरिएको हो ।

महान सहिद चित्रबहादुर वलिलगाएत अन्य सहिदहरुको प्रेरणाबाट प्रभावित भई “लुट्न होइन लुटाउनु पर्छ, कमाउन होइन गुमाउनु पर्छ “ भन्ने भाव सहित समाजसेवा (राजनीतिमा ) लागे पछि “धेरै होइन थोरै थोरैले होइन धेरैले “ सहयोग गर्न सके समाज बन्छ भन्ने मुल मान्यताका आधारमा वडा अध्यक्षको हैसियतमा वार्षिक प्राप्त हुने सेवा सुबिधाबाट र अन्य सहयोगी महान व्यक्तित्वहरुको सहयोगबाट आफूले तीन लाख बढी रकम सहायता प्रदान गरेको भण्डारीले भन्नुभयो । फागुन एक गते जनयुद्धको दिसवसमा एक कार्यक्रमका बिच कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसि, भेरीगंगा नगरप्रमुख यज्ञप्रसाद ढकाल, वडा अध्यक्ष भण्डारीले सम्मान तथा छात्रवृत्ति बितरण भएको हो ।

कार्यक्रमका सहभागीले सरकारी सेवा सुबिधामा लालायित हुनेहरुका लागि भेरीगंगा १३ का नेकपा(माओवादी केन्द्र) बाट निर्वाचित वडाअध्यक्ष गणेशबहादुर भण्डारी एक नमुना पात्र मात्रै होइनन् जनतामा समर्पित एक जिम्मेवार योद्धा भएको बताए । वडाअध्यक्षको हैसियतले खाईपाई आएको सेवासुबिधा समेत गरिब, विपन्न, सहिद परिवार, जेष्ठ नागरिक र आर्थिक रुपमा विपन्न जनताको सेवामा खर्चेकोमा सहभागीले तारिफ गरेका थिए ।