भेरीगंगा, माघ २७- भेरीगंगा नगरपालिकाको १२ औ नगर सभा शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित नगर सभाहलमा सुरु भएको १२ औ नगर सभाले विभिन्न बजेट संशोधन र विधेयक पारित गर्दै सम्पन्न भएको हो ।


नगरको १२ औ नगर सभाले विभिन्न विधेयकहरु सर्बसम्मतले पास गरेको छ । नगर प्रमुख तथा सभाका सभाअध्याक्ष यज्ञप्रसाद ढकालले नगरका दुई दर्जन योजना संशोधन भएको जानकारी दिनुभयो । नगरपालिका नगर उपप्रमुख धनसरा बोहराले नगरपालिकाको आर्थिक ऐन पहिलो संसोधन बिध्यक २०७९ र आर्थिक बर्ष २०७९÷८० को बजेट तथा कार्यक्रम संसोधन प्रस्ताब छलफलका लागि सभामा पेश गर्नुभएको थियो । नगर सभामा सदस्यहरुले उठाएका जिज्ञासा र प्रश्नहरुको सभाअध्यक्ष ढकालले सभामा उठेका सबै प्रश्नको जबाफ दिएका थिए । नगर प्रमुख तथा सभाका सभाध्याक्ष ढकालले विभिन्न समितिका संयोजकले प्रस्तुत गर्नु भएका विधेयकहरु निर्णायार्थ सभामा पेस गरेका थिए । उक्त विधेयकहरु र बजेट संशोधन तालि बजाएर सर्बसम्मत पारित गरिएको थियो ।
अन्तमा नगर प्रमुख तथा सभाका सभाध्याक्ष ढकालले सभामा प्रतक्ष तथा अप्रतक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै नगरसभा सकिएको घोषणा गरेका थिए । सभामा नगर प्रमुख, उप प्रमुख, प्रसासकिय अधिकृत, बिभिन्न शाखामा कार्यरत कर्मचारी, १३ वटै वडाका वडाअध्यक्ष तथा वडा सदस्य, कार्यपालिका सदस्य, वडासचिव, सुरक्षाकर्मी तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।