कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान भवनलाई अमृता सिजाँलीबाट जग्गा दान

सुर्खेत, माघ २६ -सुर्खेत क्षेत्र नम्बर १ को लेकबेशीमा निर्माण हुने कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि जग्गा दान गरिएको छ । लेकवेसी नगरपालिका वडा नम्बर २ की अमृता सिजाँलीले प्रतिष्ठानको भवन निर्माणका लागि चार कठ्ठा जग्गा दान गरेकी हुन् ।

नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ को नाममा कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान भवन निर्माणको लागि सिँजालीले जग्गा दान गरेकी हुन् । मंगलबार सिजालीले उक्त चार कठ्ठा जग्गा प्रतिष्ठानका लागि नामसारी गरेकी हुन् । आफ्ना पति स्वर्गीय अम्बरबहादुर सिजाँलीको सम्झनामा चार कठ्ठा जग्गा दान गरिएको हो । मंगलबार मालपोत कार्यालय मेहेलकुनाबाट सिजालीले भवन निर्माणका लागि जग्गा हस्तान्तरण गर्नुभएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव पदमबहादुर खत्रीले जानकारी दिए । पार्टीका क्षेत्रीय सभापति झकबहादुर डाङ्गी र लेकबेशी नगरपालिकाका मेयर उमेशकुमार पौडेलको सहभागीतामा जग्गा लालपुर्जासहित हस्तान्तरण भएको उनले भने । नेपाली कांग्रेस क्षेत्रीय कार्यालयको नाममा उक्त जग्गा आएको हो । प्रतिष्ठानको भवन निर्माणका लागि जग्गाको खोजी भैईरहेको बेला अमृता सिजाँलीबाट लाखौ मूल्यको जग्गा दान भएको कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति डाङ्गीले बताए । अहिलेको परिवेशमा पनि यति ठुलो मन भएका मनकारी पार्टी कार्यकर्ता पार्टीभित्र रहेको उनले भने । प्रतिष्ठान भवन निर्माणको लागि लेकबेशी २ निवासी स्वर्गीय झकबहादुर सिजाँलीको बुहारी, स्वर्गीय अम्बरबहादुर सिजाँलीको पत्नि अमूता सिजाँलीले आफ्नो स्वर्गीय श्रीमानको सम्झानामा उक्त जग्गा दान पत्र गरेकी हुन् ।

प्रतिष्ठानको भवन निर्माणका लागि प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ । लेकबेशी नगरपालिकाले अव भवन निर्माण ठेक्का खोलेर काम सूरु गर्ने बताएको छ । प्रतिष्ठनाका नाममा दुई तले भवन बन्ने भएको हो ।