भेरीगंगा, माघ २४- भेरीगंगा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पर्सी माघ २७ गतेबाट सूरु हुने भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता छनौटका खेलहरु माघ २७ र २८ गते हुने भएको होे ।

भेरीगंगा वडा नम्बर ८ स्थित श्री नेरा मावि लोदेमा छनोट खेलहरु सञ्चालन हुने नगर शिक्षा शाखा प्रमुख गजेन्द्र जिसीले बताउनुभयो । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एथ्लेटिक्सतर्फत दौड, ढुंगा फ्याक्ने, हाइजम्प, लंगजम्प, त्रिपजम्प, ज्याभेलिंग थ्रो, सटफुटका प्रतियोगिााहरु हुनेछन् । प्रतियोगिता छनोट खेलका लागि पर्सी माघ २६ गते बेलुका ५ बजेसम्म विद्यालय टिम दर्ता कार्यक्रम रहेको छ । पर्सी माघ २७ गते विहान १० बजेबाट प्रतियोगिता संचालन हुने कार्यक्रम रहेको छ ।


नगरस्तरीय प्रअहरुको बैठकले २०७९ को भेरीगंगा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नेरा मावि मैनतडामा गर्ने निर्णय गरेको हो । शिक्षा शाखाको समन्वयमा नगरका विद्यालयहरुको सहभागीतामा खेलहरु संचालन हुने भएका हुन् ।